आइतबार, असार ३० गते २०८२

नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल

नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल

अखबार दैनिक
आइतबार, असार ३० २०८२
  • नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल

    चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता लुइँटेल नाटक खेल्न नेपाल आएका हुन् ।

    images

    कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् । कान्तिपुर थिएटरले साउन पहिलो सातादेखि यो नाटक मंचनको तयारी थालेको कलेज प्रमुख प्रकाश पुरीले जनाए ।

    ७ वर्षपछि उनी अभिनयमा फर्किन लागेका हुन् । उनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ