काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको निम्ति कर्णाली याक्सले मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
पहिलो सिजनमा पनि प्रशिक्षकको भुमिका निभाएका मल्ललाई दोस्रो संस्करणमा पनि निरन्तरता दिइएको कर्णाली याक्सले जनाएको हो । कर्णाली याक्सले यस अघि नै मार्की खेलाडि सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको छ ।