गायक रामकृष्ण ढकालले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।ढकालले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन्।
उनले लेखेका छन्,’यी तस्बिरहरू सार्वजनिक गर्नुअघि म गरौँ कि नगरौँ भनेर द्विविधामा पनि परेँ । तर, धेरै सोचेपछि म यो निष्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलहम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउनेछन् । अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैँसे गरिरहेको हुनेछु भन्ने लाग्यो ।’
ढकालले आफूलाई अभद्र टिप्पणी गर्नेहरू केही प्रहरीको हिरासतमा रहेको र केही निगरानीमा रहेको पनि बताएका छन्।