आइतबार, साउन ६ गते २०८२

मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको गाडीमा ढुंगो खस्यो, तीन यात्रु घाइते

मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको गाडीमा ढुंगो खस्यो, तीन यात्रु घाइते

अखबार दैनिक
आइतबार, साउन ६ २०८२
  • मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको गाडीमा ढुंगो खस्यो, तीन यात्रु घाइते

    मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो । सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् । उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ