बुधबार, साउन ९ गते २०८२

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

अखबार दैनिक
बुधबार, साउन ९ २०८२
  • कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

    नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राख्नुभएको छ ।पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

    images

    पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उहाँले आफूले पनि नेकपा ९एमाले०को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।

    “त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए”, उहाँले भन्नुभयो, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”

    पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताउनुभयो ।

    पार्टीका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताउनुभयो । आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताउँदै आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ