जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथाखानेपानीमन्त्री शेषनारायणयादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगतअनुगमन गरेका छन् ।
मधेश प्रदेशका लागि अतिआवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राजगौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए । उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ ।
तर बाँकी रहेको दुई चरणको कार्य प्रगती जम्मा १० प्रतिसतमात्र रहेको छ । जबकीठेक्कालागेको ५० प्रतिसत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्नहुननसक्ने उनले बताए । अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगतीअसन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।