मंगलबार, साउन २२ गते २०८२

बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा को-को बन्दै छन् मन्त्री ?

बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा को-को बन्दै छन् मन्त्री ?

अखबार दैनिक
मंगलबार, साउन २२ २०८२
  • बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा को-को बन्दै छन् मन्त्री ?

    बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्‌मा को-को जाने भन्ने चर्चा सुरु भएको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसले मन्त्रालयको संख्या भने भाग लगाइसकेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । एमालेले आफ्ना ६ वटा मन्त्रालयमा पठाउने नाम अनौपचारिक रुपमा टुंगो लगाएको छ । एमालेले एक वर्ष पूरा भएका मन्त्रीहरुलाई बिदा गरेर नयाँ अनुसारलाई पठाउन लागेको छ ।

    images

    ६ जनामध्ये ५ जना नयाँ अनुहार भएको एमाले स्रोतले उल्लेख गरेको छ । एमालेले एक जना किरण थापालाई भने निरन्रता दिन लागेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार जयराम थापा, विन्दु श्रेष्ठ, भरत केसी, मधुसुदन पौडेल र दिनेशचन्द्र देवकोटालाई मन्त्री बनाउन लागिएको छ । देवकोटा भने यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

    एमालेले ६ मन्त्रीको नाम टुंगो लगाउँदा कांग्रेसमा भने समस्या थपिइरहेको छ । बानियाँले मुख्यमन्त्री नियुक्तिसँगै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ गराउन नसकेका ४ जनालाई मन्त्रीमा निरन्तरता दिने सहमति भएको छ । तर, बानियाँ अहिले उनीहरुलाई लैजाने कि नलैजाने भन्ने अलमलमा रहेको पनि कांग्रेस स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार बानियाँ भने हलै आफू र एक जना मन्त्रीमात्रै जाने तयारीमा छन् । लामाले भनेका ३ जनालाई निरन्तरता दिँदा बानियाँ टिममा पनि समस्या हुने भएकोले सहमति जुट्न गाह्रो भएको हो । पूर्वसहमति अनुसार बानियाँले लामाको समूहबाट माया श्रेष्ठ, गोविन्द लम्साल र गीता गुरुङलाई मन्त्री बनउनुपर्नेछ । कांग्रेसबाट शारदाप्रसाद अधिकारी मन्त्री हुने चाहिँ पक्कापक्की भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ