बुधबार, साउन ३० गते २०८२

पनौतीमा कालाग्नि रुद्रपीठ लड्केश्वर धामको ऐतिहासिक निशानी अनावरण

पनौतीमा कालाग्नि रुद्रपीठ लड्केश्वर धामको ऐतिहासिक निशानी अनावरण

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • पनौतीमा कालाग्नि रुद्रपीठ लड्केश्वर धामको ऐतिहासिक निशानी अनावरण

    विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा निर्मित विश्वको अग्लो शिव त्रिशूल र ७७ जिल्लाको रथयात्रा सम्पन्न गरेपछि राष्ट्रिय कोटिहोम सम्पन्न भएको थियो । यसै क्रममा, राष्ट्रिय धर्म सभा नेपालद्वारा पीठाधीश घोषणा गरिसकेपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र सन्तसमाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट धामको प्रतीक ‘निशानी’ भव्य समारोहबीच अनावरण गरियो ।

    समारोहमा प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पंथी, राजनितिज्ञ एवं समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, पनौती–११ का वडा अध्यक्ष विपिन लामा, वेथानचोक गा.पा. प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुणकुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरू लगायत दानदाता तथा भक्तजनको उत्साहपूर्ण उपस्थिति थियो ।

    अवसरमा श्री १००८ स्वामी रमणानन्द महाराजले कालाग्नि रुद्रपीठको स्थापना भगवान पशुपतिनाथको पाशुपतास्त्र जस्तो अनुपम धार्मिक धरोहर भएको उल्लेख गर्दै राष्ट्रका सम्पूर्ण संकट अन्त्य हुने विश्वास व्यक्त गरे । उहाँले विगतका गल्तीहरूलाई आत्मसात गर्दै शिव भगवानसँग क्षमा मागी देशलाई समृद्ध बनाउने सबैको संकल्प आवश्यक रहेको बताउनुभयो ।

    मन्त्री पाण्डेले कालाग्नि रुद्रपीठ लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा सूचीकरण गर्ने घोषणा गर्दै, पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनले अब शिवको पाशुपतास्त्र (त्रिशूल) समेत दर्शन गर्न सक्ने सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै, शिव त्रिशूल निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने पीठाधीश मुकुन्द शर्मा हुमागाईंलाई धन्यवादसमेत दिनुभयो ।

    पीठाधीश हुमागाईंका अनुसार, अब ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ अन्तर्गत हरेक जिल्लामा यात्रा गर्दा ६.५ किलो शुद्ध चाँदीबाट निर्मित निशानी शास्त्रीय मर्यादामा लैजाने व्यवस्था गरिएको छ, जसको दर्शन गर्दा लड्केश्वर पुगेको पुण्य लाभ प्राप्त हुनेछ । यात्राको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत सबै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार भइसकेको र रथसमेत तयार भइसकेको जानकारी उहाँले दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ