लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ। निष्क्रिय रहेको पार्टीलाई निरन्तरता दिन लागेको नेता झाले बताए। उनले भने, ‘पार्टी कमिटी कति बनाउने भन्नेबारे हामी छलफलमा छौँ। निर्वाचन आयोगले पनि अद्यावधिक गरेपछि हामीले बाँकी काम अगाडि बढाउँदैछौं। चुनाव चिह्न पाँच औँला देखिएको हात हो।’
