मंगलबार, कात्तिक १३ गते २०८२

सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

अखबार दैनिक
मंगलबार, कात्तिक १३ २०८२
  • सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका चुनौती र संकट समाधानका लागि सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अत्यावश्यक बनेको बताएका हुन्।

    उनले भनेका छन्, देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नुपर्छ। प्रचण्डले देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीलाई ऐतिहासिक जिम्मेवारीका रूपमा सम्बोधन गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी आवश्यक रहेको बताएका छन्।

    उनले थपे, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ