सोमबार, कात्तिक २६ गते २०८२

मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

अखबार दैनिक
सोमबार, कात्तिक २६ २०८२
  • मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

    काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

    अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी भेला भएका छन् ।

    दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ