काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएल २०२३ का लागि खेलाडी छनोटको ड्राफ्ट बिहिबार सम्पन्न भएको छ । ड्राफ्टमा सूचीकृत सात नेपाली खेलाडीमाथि कुनै पनि टोलीले चासो देखाएनन् । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल र विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका थिए । विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा नेपालका पाँच खेलाडी रहन सफल भएका थिए । अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका थिए ।