आइतबार, असार ९ गते २०८२

अर्जेन्टिनाको तीन तारे जर्सी विक्रीमा राखेको क्षणभरमै सकियो

अर्जेन्टिनाको तीन तारे जर्सी विक्रीमा राखेको क्षणभरमै सकियो

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • अर्जेन्टिनाको तीन तारे जर्सी विक्रीमा राखेको क्षणभरमै सकियो

    अर्जेन्टिनाको तीन तारे नयाँ जर्सीले कीर्तिमान कायम गरेको छ। १८ डिसेम्बरमा फ्रान्सलाई हराउँदै विश्वकप उचालेर अर्जेन्टिनाले आफ्नो जर्सीमा एक तारा थपेको थियो।

    images

    सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा कतारबाट अर्को तारा थप्न सफल भयो। 

    तीन पटक विश्वकप विजेता बनेपछि २२ डिसेम्बरमा अलनाइन मार्केटमा सार्वजनिक भएको जर्सी केही बेरमै बिकेर कीर्तिमान बनाएको हो। अर्जेन्टिनाका लागि विश्वचर्चित कम्पनी एडिडासले जर्सी बनाउने गरेको छ। अर्जेन्टिनाले विश्वकप उचालेपछि तीन तारे नयाँ जर्सी एडिडासले बनाएको हो।

    २२ डिसेम्बरमा नयाँ तीन तारे जर्सी एडिडासले अर्जेन्टिनाका लागि अनलाइनमा राखेको थियो। जुन तीन तारे जर्सी क्षणभरमै 'सोल्ड आउट' भएको हो।तीन तारे जर्सीको पहिलो व्याच एडिडासले अर्जेन्टिनाबाट सार्वजनिक गरेको थियो। उक्त जर्सी अर्जेन्टिनामा केही मिनेटमै बिकेर सक्किएको हो।

    अर्जेन्टिना रित्तिएपछि एडिडासले यो तीन तारे जर्सी बुधबार युरोपमा पनि सार्वजनिक गरेको छ। युरोपमा पनि यो जर्सीले त्यही गतिमा विक्री भए अहिलेसम्मकै सबैभन्दा धेरै विक्री हुने कीर्तिमान बनाउनेछ।

    अर्जेन्टिनामा सोल्ड आउट भएपछि दोस्रो व्याचको जर्सी अहिले धमाधम बनिरहेको छ। युरोपको बजारमा नपठाइँसक्दै एडिडासले अर्जेन्टिनाका लागि दोस्रो ब्याचको जर्सी पठाउन लागेको छ। 

    युरोपको बिक्री सकेर अर्जेन्टिनाका लागि दोस्रो व्याच पठाइने एडिडासले उल्लेख गरेको छ। अर्जेन्टिनासहित विश्वभर अहिले लियोनले मेस्सीले लगाउने १० नम्बरको जर्सीको अत्यधिक माग छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ