बिहीबार , जेठ ३ गते २०८२

थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस जाँदा सावधानी अपनाउन आग्रह

थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस जाँदा सावधानी अपनाउन आग्रह

शुक्रबार, माघ ४ २०८१
  • थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओस जाँदा सावधानी अपनाउन आग्रह

    काठमाडौं । सरकारले म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गरेको हो । साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगतरूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरिएको छ ।

    images

    हालका दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घन्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन् । यस विषयमा जानकारी गराउँदै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको संख्या उल्लेखनीयरूपमा बढोत्तरी भइरहेको घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं निषेध गरिएका कार्यमा संलग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन र यसतर्फ सचेत रहन सबैमा अनुरोध गरेको छ ।

    साथै मन्त्रालयले अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनीरूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ