बुधबार, जेठ २ गते २०८२

छापेर सकियाे नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

छापेर सकियाे नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

अखबार दैनिक
बिहीबार , चैत १४ २०८१
  • छापेर सकियाे नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो । ‘छपाइको काम सकियो । शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरिका विद्यालयहरूमा किताब पुग्छ,’ केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले भने ।

    images

    उनका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ । कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ । कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेले बताइन् । उनका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।

    ‘शतप्रतिशत किताब छपाइ भइसकेको छ । १७ चैतदेखि सबै ठाउँमा किताब पुग्छ,’ उनले भनिन्, ‘यसपटक किताब गोदाममा थन्केला भन्ने चिन्ता छ ।’ पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्‍याउने गरी केन्द्रले तालिका बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ