मंगलबार, भदौ ४ गते २०८२

गणतन्त्र र राजावादीको प्रदर्शनका कारण‍ उपत्यकाको यातायातमा प्रभावित

गणतन्त्र र राजावादीको प्रदर्शनका कारण‍ उपत्यकाको यातायातमा प्रभावित

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • गणतन्त्र र राजावादीको प्रदर्शनका कारण‍ उपत्यकाको यातायातमा प्रभावित

    काठमाडौं । गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । दुवै पक्षको र्‍याली र सभाका कारण काठमाडौंका मुख्य सडकमा यातायात प्रभावित भएको हो। समाजवादी मोर्चा नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ।

    रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौंको तीनकुने, बानेश्वर , माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ। यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ