मंगलबार, भदौ ४ गते २०८२

पाशुपत क्षेत्रमा बज्रेश्वरी जात्रा सकियो,बछलेश्वरी जात्रा प्रारम्भ (तस्बिर)

पाशुपत क्षेत्रमा बज्रेश्वरी जात्रा सकियो,बछलेश्वरी जात्रा प्रारम्भ (तस्बिर)

अखबार दैनिक
आइतबार, चैत १७ २०८१
  • पाशुपत क्षेत्रमा बज्रेश्वरी जात्रा सकियो,बछलेश्वरी जात्रा प्रारम्भ (तस्बिर)

    काठमाडौं । काठमाडौंको पाशुपत क्षेत्रमा मनाइने ऐतिहासिक एवं पुरातात्त्विक जात्रा बज्रेश्वरीको समापन भएको छ । गत बुधबार देउतालाई पिंगलस्थानमा ल्याई विधिवत रूपमा पुजा गरी बज्रेश्वरी जात्राको शुरूवात भएको हो । तान्त्रिक विधिबाट हुने जात्राको परम्परा आ–आफ्नै रहेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले बताए । 

    1743322416-bCeht.jpg

    उनले, पाशुपत क्षेत्रमा मनाइने बज्रेश्वरी जात्राको शनिबार बिहान हरिजन टोलबाट देउता इट्टापाखा विहानबाट शुरूवात भएको जात्रा साँझ समापन भएको बताए । 

    1743322389-YyD9E.jpg

    उनले, रथयात्रा पशुपतिनाथ परिसर, इट्टापाखा, जयवागेश्वरी, नवाली टोल, सिफल चौरमा पुगेर दुई ठक्कर लगाई पुनः नवाली टोल, जयवागेश्वरी, दथु टोल, पशुपति हुदैँ बाग्मती नदि पार गरी तिलगंगाको विभिन्न स्थानमा परिक्रमा गरी पुनः पशुपतिनाथ परिसर ल्याएर बज्रेश्वरीको जात्रा समापन गरिएको बताए । उनले, यस जात्रा अन्तरगत (कुम्हमचा) कन्यापुजा गरिने प्रचलन रहेको बताए जसमा नौं जना कन्या दुई जना गणेश, कुमार र कुमारी रहेको बताए ।

    1743322389-YyD9E.jpg1743322365-XkewI.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ