मंगलबार, भदौ ४ गते २०८२

सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

    विश्व सम्पदा दिवस मनाइएको छ। सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको हो।

    १८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो।

    विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन्। सोही अवसरमा आज काठमाडौंको स्वयम्भूनाथ मन्दिरदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरिएको छ।

    पदयात्रा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको छ। —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ