शनिबार, कात्तिक १ गते २०८३

८५ वटै स्थनिय तहमा ‘हेलिप्याड’ बनाउदै गण्डकी प्रदेश सरकार

८५ वटै स्थनिय तहमा ‘हेलिप्याड’ बनाउदै गण्डकी प्रदेश सरकार

अखबार दैनिक
शुक्रबार, पुस २५ २०७६
  • माधव पराजुली पोखरा २०७६\०९\१० गण्डकी प्रदेश सरकारले एक स्थानिय तहमा एक हेलिप्याड निर्माण गर्ने गरि काम थालेको छ । गण्डकी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकलाई हेलिकोप्टरमार्फत जाने व्यवस्था मिलउन तथा विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा एक÷एक हेलिप्याड निर्माण गर्ने गरि काम थालिएको हो । एक स्थानीय तहमा एक हेलिप्याड निर्माण गर्ने योजनाका साथ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले सबै स्थानिय तहमा हेलिप्याड निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणको टिम सँग छलफल गरेको छ । प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहयोगमा ८५ वटै स्थानिय तहहरुमा हेलिप्याड निर्माणको सम्भावना तथा अध्ययन अनुसन्धानको कामलाई अगाडी बढाएको हो । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकोप्टरमार्फत पर्यटकलाई सहज तवरले आवतजावत गर्न सहयोग पुग्ने हुदाँ हेलिप्याड निर्माणको कामलाई अगाडी बढाएको गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । हिमालको काखमा रहेका हिमाली जिल्लाहरु मुस्ताङ,मनाङ, गोरखा र म्याग्दी जिल्लामा यहीँ बर्ष हेलिप्याड निर्माण गर्छौ,उहाँले भन्नुभयो,” यहाँ अवस्थित हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकलाई पनि सहयोग पुग्ने देखिन्छ । प्रदेश सरकारले हिमाली जिल्लामा हेलिप्याड निर्माणको लागि ८ लाख रकम छुट्टाएको छ । यस बर्ष सबै स्थानिय तहहरुमा हेलिप्याड निर्माण गर्ने पर्याप्त बजेट बिनियोजन नभएता पनि आगामी बर्ष यथष्ट बजेट बिनियोजन गरि तथा स्थानिय तहहरु सँग छलफल गरि हेलिप्याड निर्माणको काम थालिने मन्त्री लम्सालले बताउनुभयो । हेलिप्याड निर्माण गर्न ईच्छुक स्थानिय तहहरुले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा सम्पर्क गर्न सक्नेछन् । हेलिकोप्टर सहज रूपमा अवतरण र उडान गर्नसक्ने प्राविधिक रूपमा उपयुक्त स्थानमा हेलिप्याड निर्माण गर्ने जग्गा छनोट गरिनेछ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलिले उपयूक्त स्थान छनौट गर्नेछ भने हेलिप्याडको ईष्टिमेट डिजाईन गर्नेछ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. विनेश मुनंकर्मीका अनुसार हेलि प्याड निर्माणको मापदण्ड हेलिप्याडको सतह सामान्यतया १५ सेन्टिमिटर ढलान पि.पि.सी.ले बनेको,खुल्ला सहज तवरले हेलिकोप्टर बस्न मिल्ने तथा सुरक्षित स्थान,हेलिप्याड ५१÷५१ मिटर तथा २६÷२६ मिटरको हुनेछ । एक स्थानिय तहमा एक हेलिप्याड बनाउने योजनाले पर्यटकहरुलाई सहज तवरले जान मात्र होईन पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाका सूचना प्राप्तअनुसार खोज, उद्धार र राहत कार्यलाई सहज पुग्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ