शनिबार, साउन ५ गते २०८२

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

अखबार दैनिक
शुक्रबार, असोज २६ २०८०
  • इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

    २६ असोज, काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।

    images

    इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

    अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।

    इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

    घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

    सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ