मंगलबार, साउन ८ गते २०८२

सवारी साधन चलाउनुअघि फोन गर्न र एफएम सुन्न ट्राफिक प्रहरीको अनुरोध

सवारी साधन चलाउनुअघि फोन गर्न र एफएम सुन्न ट्राफिक प्रहरीको अनुरोध

अखबार दैनिक
बिहीबार , मंसिर ७ २०८०
  • सवारी साधन चलाउनुअघि फोन गर्न र एफएम सुन्न ट्राफिक प्रहरीको अनुरोध

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन काठमाडौं उपत्यकाका सर्वसाधारणलाई अनुरोध गरेको छ । 

    images

    राजधानीका विभिन्न स्थानमा भोलि राजनीतिक समूहहरुले र्याली, जुलुसका साथै विरोध प्रदर्शन कार्यक्रम राखेकाले सवारी आवगमनमा असहजता सिर्जना हुने ट्राफिक कार्यालयको भनाई छ । 

    कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन र सडकमा निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गरेर ट्राफिक अवस्थाको जानकारी लिन भनेको हो । 

    त्यस्तै, ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन अनुरोध गर्दै ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोगका लागि एम दिन अगावै आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ