बिहीबार , असोज २९ गते २०८३

सीजी फुड्सले दियो क्यानलाई घोषणा गरेबमोजिम १० लाख रुपैयाँ

सीजी फुड्सले दियो क्यानलाई घोषणा गरेबमोजिम १० लाख रुपैयाँ

अखबार दैनिक
बुधबार, साउन २ २०८१
  • सीजी फुड्सले दियो क्यानलाई घोषणा गरेबमोजिम १० लाख रुपैयाँ

    काठमाडौं । वाइवाइले आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप दिने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ । 

    बुधबार एक कार्यक्रमबीच सीजी फुड्सले उत्पादन गर्दै आएको वाइवाइले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रुपैयाँ प्रदान गरेको हो ।

    नेपाली राष्ट्रिय टिम ट्वान्टी–२० विश्वकपमा सहभागी हुँदा खेलाडीलाई प्रोत्साहनस्वरुप वाइवाइले प्रत्येक रनका निम्ति एक हजार, चौकाका लागि आठ हजार, छक्काबापत १२ हजार , प्रत्येक विकेटका निम्ति १५ हजार, अर्धशतकबापत ५० हजार, शतकका लागि एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको थियो । 

    सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनानुसार सम्पूर्ण रनको तीन लाख पाँच हजार, विकेटको तीन लाख १५ हजार, चौकाहरूको दुई लाख १६ हजार, छक्काहरूको एक लाख आठ हजार गरी नौ लाख ४४ हजार भएको थियो । उक्त रकममा ५६ हजार रुपैयाँ थप गरी हस्तान्तरण गरिएको सीजीले जनाएको छ ।

    बुधबार ललितपुरको होटेल भिभान्तामा आयोजित कार्यक्रमबीच सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

    क्यानका सचिव खड्काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको बताए ।

    वाइवाई लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको छ । वाइवाइले महिला यू–१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख र अरू क्रिकेट गतिविधि सञ्चालनका निम्ति ३० लाख गरी ६० लाख रुपैयाँ क्यानलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ