शनिबार, वैशाख २८ गते २०८२

बंगलादेशबाट करिब ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बंगलादेशबाट करिब ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • बंगलादेशबाट करिब ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

    काठमाडौं । बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि करिब ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत शनिबार रातिसम्म करिब ८०० जना नेपाली विद्यार्थी हवाइ र स्थलमार्ग हुँदै नेपाल फर्किएको जानकारी गराएको हो ।

    images

    ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयले भनेको छ, ‘ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’

    बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन ढाकास्थित दूतावासले आह्वान समेत गरेको छ , बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ ।

    नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिँदा समस्या उत्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ