बुधबार, वैशाख २५ गते २०८२

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८१
  • खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

    काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो ।

    images

    ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डलसम्म पुग्ने छ । र्‍यालीमा अभियन्ता सुमन सायमी लगायत छन् । जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

    Rally_suMXeVC9mU.jpg

    ३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

    त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । यो कार्यान्वयन गर्दा सयौंको उठिबास लाग्ने भन्दै कतिपयले विरोध जनाएका छन् ।

    Sarbochha_GQHipwuAP3.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ