शुक्रबार, कात्तिक २३ गते २०८२

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अखबार दैनिक
शुक्रबार, कात्तिक २३ २०८२
  • कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो ।

    हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल र सत्तीबाट दुई हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको छ ।

    कार्यालय प्रमुख थापाका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको जनाउनुभयो । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ ।

    यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उहाँले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिनुभयो । धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ