बिहीबार , साउन २१ गते २०८३

आर्थिक विधेयकमा फेरबदलको आरोप : संसद्मा अर्थमन्त्री वाग्लेमाथि विपक्षीको प्रश्नवर्षा

आर्थिक विधेयकमा फेरबदलको आरोप : संसद्मा अर्थमन्त्री वाग्लेमाथि विपक्षीको प्रश्नवर्षा

अखबार दैनिक
मंगलबार, जेठ २६ २०८३
  • आर्थिक विधेयकमा फेरबदलको आरोप : संसद्मा अर्थमन्त्री वाग्लेमाथि विपक्षीको प्रश्नवर्षा

    काठमाडौं, २६ जेठ — संसद्मा प्रस्तुत भइसकेको आर्थिक विधेयकमा पछि परिवर्तन गरिएको आरोप उठेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विपक्षी दलहरूको निशानामा परेका छन्। मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

    सभामुखबाट समय पाएपछि नेकपा एमाले का सांसद क्षितिज थेबे ले संसद्मा पेस गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित विधेयकबीच फरक देखिएको दाबी गरे। उनका अनुसार संसद्मा दर्ता भएको विधेयक ४६४ पृष्ठको रहेको थियो भने मन्त्रालयको वेबसाइटमा पछि प्रकाशित संस्करण ४४८ पृष्ठको मात्र देखिएको छ।

    यसबाट १६ पृष्ठ हटाइएको र करसम्बन्धी केही व्यवस्थामा परिवर्तन गरिएको आशंका उत्पन्न भएको उनले बताए। विपक्षी सांसदहरूले संसद्मा दर्ता भइसकेको विधेयकमा आवश्यक प्रक्रिया पूरा नगरी कुनै पनि संशोधन गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै घटनाको छानबिन गर्न माग गरेका छन्।

    उनीहरूले यस विषयमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने र जिम्मेवार पक्षले नैतिक उत्तरदायित्व वहन गर्नुपर्ने धारणा राखेका छन्। यसैबीच महेन्द्रबहादुर शाही ले पनि आर्थिक विधेयकसँग जोडिएका विवादलाई सामान्य रूपमा लिन नसकिने बताए। उनले कर तथा भन्सार नीतिसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ सरकारबाट आउनुपर्ने बताए।

    आर्थिक विधेयकमा भएको भनिएको फेरबदलको विषय अहिले संसद् र राजनीतिक वृत्तमा बहसको प्रमुख विषय बनेको छ। विपक्षी दलहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र आवश्यक भए संसदीय छानबिन अघि बढाउन माग गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार