बिहीबार , साउन २१ गते २०८३

राप्रपाले पनि माग्यो अर्थमन्त्रीको राजीनामा

राप्रपाले पनि माग्यो अर्थमन्त्रीको राजीनामा

अखबार दैनिक
मंगलबार, जेठ २६ २०८३
  • राप्रपाले पनि माग्यो अर्थमन्त्रीको राजीनामा

    २६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।

    आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

    ‘नैतिकता र निश्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ’ उनले भनिन् ।

    संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
    अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

    उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

    अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।

    संसद पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।

    संसद्का जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसद्‍मा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसद्‍मा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।

    यसबारेको प्रश्नमा यसअघि नै श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागिसकेको छ । यस्तैमा राप्रपाले पनि अर्थमन्त्रीको राजीनामा मागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार