मंगलबार, वैशाख २४ गते २०८२

जुम्लाको पातारासीमा नेपाल टेलिकमको सेवा विस्तार

जुम्लाको पातारासीमा नेपाल टेलिकमको सेवा विस्तार

अखबार दैनिक
मंगलबार, मंसिर १८ २०८१
  • जुम्लाको पातारासीमा नेपाल टेलिकमको सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका २ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो। 

    images

    जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक  दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

    दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भोइस तथा डेटा सेवाको विस्तार गरेको हो। यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार