काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।
नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय भएको हो । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जानकारी दियो ।
यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।