बुधबार, वैशाख २५ गते २०८२

अज्ञात रोगबाट कंगोमा ७१ जनाको मृत्यु

अज्ञात रोगबाट कंगोमा ७१ जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, मंसिर २१ २०८१
  • अज्ञात रोगबाट कंगोमा ७१ जनाको मृत्यु

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा अज्ञात रोगका कारण कम्तीमा ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ जनाभन्दा बढीको मृत्यु भएसँगै सरकार उच्च सतर्कतामा रहेको त्यहाँका स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए ।

    images

    अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ, जसलाई कंगोले महामारीका रूपमा घोषणा गरेको छ । फ्लुसँग मिल्दोजुल्दो लक्षण भएको बताइएको छ ।

    हालसम्म मृत्यु भएका ७१ मध्ये २७ जना स्वास्थ्य संस्था र ४४ स्थानीय समुदायका हुन् । करिब ३०० जना निको भइसकेका छन् । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ