काठमाडौं । राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।
भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाइएको हो । लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।
भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाइएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् । यससँगै बिहीबार बिहानदेखि सडक सुचारू गरिएको सडक डिभिजन काठमाडौंले गरेको छ ।