मंगलबार, वैशाख २४ गते २०८२

जाडो मौसममा यसरी गर्नुहोस् घरमै हात–खुट्टाको स्याहार

जाडो मौसममा यसरी गर्नुहोस् घरमै हात–खुट्टाको स्याहार

अखबार दैनिक
बिहीबार , मंसिर २७ २०८१
  • जाडो मौसममा यसरी गर्नुहोस् घरमै हात–खुट्टाको स्याहार

    काठमाडौं । पछिल्लो समय दिन प्रतिदिन काठमाडौं उपत्यका लगायत देशभरी नै चिसो बढ्दै गएको छ । जाडो महिनाको सुरुवातसँगै हाम्रो दिनचर्यालाई पनि प्रतिकूल मौसमले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । 

    images

    चिसो मौसममा हाम्रो शरिरमा विभिन्न समस्याहरुले सताइरहेको हुन्छ । त्यस मध्येको एउटा समस्या हो छाला फुस्रो हुनु तथा फुट्नु । चिसो मौसमा खास गरी शरीरको मुख्य अङ्ग हात–खुट्टाहरु रुखो हुने,सुख्खा हुने फुट्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । 

    विशेष गरी महिला दिदी–बहिनीहरुले आफ्नो सौन्दर्यको स्याहार गर्दा अनुहारलाई मात्र बढि ध्यान दिने गरेकोे पाइन्छ, तर हात–खुट्टाको स्याहार पनि अत्यन्त जरुरी हुने जानकारहरु बताउछन् । किन भने धपक्क श्रिङ्गारीएको अनुहारमा हात–खुट्टाको स्याहार नहुँदा अचार बिनाको खाना जस्तै हेर्दा नमिलेको देखिनु स्वभाविकै हो । 

    त्यसैले जाडोको समयमा कम खर्चमा हरेक घरमा उपलब्ध हुने सामग्रीको प्रयोगबाट हात–खुट्टाको स्याहार कसरी गर्न सकिन्छ भन्ने विधिको बारेमा यहाँ चर्चा गरिएको छ । 

    आवश्यक सामग्री र विधिः–
    १) एउटा बाटा वा बाल्टिन
    २) साबुन (झोल साबुन भए अझ राम्रो)
    ३) आफूले सहन सक्नेसम्मको तातो पानी
    ४) नून
    ५) कागती
    ६) ग्लीसरिन
    ७) हात–खुट्टा सफा गर्ने व्रश वा अलि खस्रो ढुङ्गा 

    एउटा बाटा वा बाल्टिनमा (बाटा बढि सहज हुन्छ ) आफूले सहन सक्नेसम्मको तातो पानी गोली गाँठो सम्म पुग्ने गरी राख्ने, त्यसमा एक टेबल चम्चा नून राखी दिने, मध्यम आकारको कागती सिङ्गै निचोरि दिने, झोल साबुन पनि एक चम्चा राखेर चलाई दिने, त्यसपछि हात–खुट्टा डुबाउने, चार पाँच मिनेट पछि विशेष गरी खुट्टा (खुट्टाको कुर्कुच्चा) मा खस्रो ढुङ्गा वा व्रशले घोटेर, ती मृत कोशिकाहरुलाई हटाउने । यसो गर्दा हात पनि सँगसँगै सफा हुन्छ वा चाहिएको खण्डमा हात पनि व्रशले सफा गर्न सकिन्छ । 

    अन्तमा सफा पानीले हात–खुट्टा राम्ररी पखालेर हात–खुट्टामा ग्लीसरिन मज्जासँग लगाउने र खुट्टामा मोजा लगाउने । यो प्रकृया कम्तिमा पन्ध्र दिनमा एक पटक गर्न सकिन्छ । यसो गर्नाले जाडो मौसममा हात–खुट्टा फुट्ने, सुक्खा हुने समस्या बाट राहत पाउन सकिन्छ ।         

    प्रतिक्रिया दिनुहोस

    थप समाचार