शुक्रबार, साउन ४ गते २०८२

राष्ट्रिय झण्डा दिवस मनाइयो

राष्ट्रिय झण्डा दिवस मनाइयो

अखबार दैनिक
सोमबार, पुस १ २०८१
  • राष्ट्रिय झण्डा दिवस मनाइयो

    पुस १ गते विभिन्न कार्यक्रम गरी छैठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

    images

    प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।

    प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ