चलचित्र लाज शरणम् टिमले दुई वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहेका सिन्धुपाल्चोकका कवि नवराज न्यौपानेको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले न्यौपानेलाई ५० हजार सहयोग गरेको हो। चलचित्रका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले सहयोगसँगै न्यौपानेलाई अझै आत्मबल बढाउन हौसला प्रदान गरे।
कवि न्यौपाने वैदेशिक रोजगारीमा कुवेतमा काम गरिरहँदा ब्लड क्यान्सर भएपछि दुई वर्षअघि नेपाल आएका थिए। उनको उपचार अहिले नेपालमा नै भइरहेको छ। साथै, न्योपानेले आफ्नै पुस्तक ‘सपनाका लहरहरू १, २, ३, ४ बिक्री गरी उपचार खर्च जुटाइरहेका छन्।