मंगलबार, वैशाख २४ गते २०८२

वडाध्यक्ष महतोको निधन

वडाध्यक्ष महतोको निधन

अखबार दैनिक
बिहीबार , पुस ११ २०८१
  • वडाध्यक्ष महतोको निधन

    सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।

    images

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार