मंगलबार, साउन १ गते २०८२

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, पुस १६ २०८१
  • हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

    मोरङको सुन्दरहरैँचा-५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।

    images

    इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिका-७ कि ४० वर्षीय गङ्गामाया मगर श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ