मंगलबार, वैशाख २४ गते २०८२

आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

    आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

    images

    ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

    यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामः
    १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस) मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

    - सामसङः ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी ।

    - मोटोरोलाः माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।

    - एचटीसीः वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।

    - एलजीः अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।

    - सोनीः एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

    - एन्ड्रोइडको ४.१ (जेल बिन) भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

    यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । टाइम्स अफ इन्डियाबाट ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ