मंगलबार, वैशाख २४ गते २०८२

स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी

स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी

    कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ । उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।

    images

    स्वास्थ्य चौकीकै कम्प्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् । स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ