मंगलबार, वैशाख २४ गते २०८२

दोलखामा आगलागीबाट एक घर जलेर नष्ट, एकजना घाइते

दोलखामा आगलागीबाट एक घर जलेर नष्ट, एकजना घाइते

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • दोलखामा आगलागीबाट एक घर जलेर नष्ट, एकजना घाइते

    दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।

    images

    स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार (हिजो) बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको ‘पेट्रोल’को भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका थिए । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार स्थानीय र प्रहरीको सहयोगमा बुधबार राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो । घाइते खड्का जिरी अस्पतालमा उपचारपश्चात् बिहीबार बिहान ‘डिस्चार्ज’ भएका छन् ।
    आगलागीबाट करिब ३३ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको भन्दै खड्काले प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ