मंगलबार, वैशाख २४ गते २०८२

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन

    काठमाडौँ। पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images

    सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।

    नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ