मंगलबार, वैशाख २४ गते २०८२

देवी प्रतिभा चितवनको देवघाटमा आउने

देवी प्रतिभा चितवनको देवघाटमा आउने

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • देवी प्रतिभा चितवनको देवघाटमा आउने

    भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन् । देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

    images

    यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया उनी यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् । मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महामहोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ