मंगलबार, वैशाख २४ गते २०८२

बिवाईडीको गुणस्तरमा समस्या, गाडिको समस्याले ग्राहक हैरान

बिवाईडीको गुणस्तरमा समस्या, गाडिको समस्याले ग्राहक हैरान

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • बिवाईडीको गुणस्तरमा समस्या, गाडिको समस्याले ग्राहक हैरान

    काठमाडौं । बीवाइडीको इभि गाडिले आफुलाई नेपालको नम्बर १ इभि भनेर प्रचार गरिरहदा यसका उपभोक्ताले भने हैरानि बेहोर्न परेको छ ।

    images

    लामो समयदेखि पेट्रोलको गाडि चढेर वीवाइडी खरिद गरेका उपभोक्ता भने अहिले पछुताउनु परेको छ। त्यस मध्यका एक हुन नेपाल विज्ञापन संघका महासचिब कृष्ण घिमिरे पनी हुन । उनले विवाइडीको इभि चढेदेखिनै समस्या झेल्नु परेको सार्वजनिक रुपमै बताएका छन् । वीवाइडीको इभि गाडि खरिद गर्दा आफू पछुताएको बताए अहिलेको अवस्थामा वीवाइडीको इभि गाडि खरिद नगर्न समेत उपभोक्ताहरुलाई सल्लाह दिए।


    हेर्नुहोस् नेपाल विज्ञापन संघका महासचिब कृष्ण घिमिरेको भनाई जस्ताको तस्तै:

    म यो गाडि किनेर पछुताएको छु,यो गाडिको ब्यापार मात्र हो चार्ज गर्न कठिन छ । कतै भेटिदैन चार्जर गर्ने ठाँउ ।  नेपाल भित्रै लामों रूट हिड्न पर्दा यो गाडि केहि काम छैन साथै स्पेयर्स टायर नदिएर कम्पनिले लुट मच्चाएको छ । जहाँ छ त्यहि ३र४ घन्टा मात्र कुरेपछि पालो आउछ यो गाडि किनेर के फाईदा ?

    लामो दुरीको बाटोमा गाडि लिएर हिड्न नमिल्ने हिडेता पनी चार्जर नभेटने , भेटे घण्टौ कुर्नु पर्ने । अर्को कुरा यसको सर्भिस सेन्टरमा २५०० र ३००० लिने तर गाडिको चेक केहि राम्रो छैन र सर्भिस सेन्टरमा एक मजाक बाहेक हल्का पार्ट बिकाउने तयारि जस्तो देखिन्छ एक्सपोर्ट मान्छे त्यहा भेटिदैन सफ्टवेर हेर्ने भनेर त्यो हेर्दै नहेरि अपडेट गरियो भन्छन सर्भिस अघि पछि केहि फरक छैन । यो सबै मेरो भोगाई हो ।  त्यसपछि यो समस्या के छ कस्तो छ भनेर कस्टमर संग रिभ्यू लिने कुरा जिरो छ । 

    यो दिन्छ उ दिन्छ बेचेपछि केहि नदिने ब्रोकर शैली छ  BYD को यदि कुनै मिडियाले यसको राम्रो पक्ष लेख्ने हो भने यसको नराम्रो पक्ष पहिले खोज्ने र आम उपभोक्तावाद सचेत गराउनु पर्छ EV  मा जति सस्तो भनेर किनिन्छ त्यति आम उपभोक्ता फँसदै गएका छन् । ख़ास गरि बिक्रेताको उदेश्य बेच्नु मात्र देखिने गलत
    हो ।

    रिभ्यू सोफ्टवेयर अपडेटिङ क्रेताको गुनासो यस्ता सामान्य समस्यामा समेत ध्यान नपुराउने ख़ास गरि सत्ता र शक्तिमा रहेकालाई प्रभावमा पारि उपभोक्ता माथिको यो ब्यापार पुनः ब्यापार मात्र नाई ठगि पनि हो ।
    धन्यबाद।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ