मंगलबार, वैशाख २४ गते २०८२

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, पुस २२ २०८१
  • पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

    काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ । साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । 
      
    प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । जंगली जनावरको आक्रमणमा परेका २५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा सबैभन्दा बढी सर्पदंशबाट मानिसहरूको मृत्यु भएको छ । प्रहरीका तथ्यांकअनुसार ५ महिनाको अवधिमा सर्पदंशबाट ७० जनाको मृत्यु भएको छ । 

    images

    यस्तै हात्तीको आक्रमणबाट ६, बाघको आक्रमणबाट ३ र गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार पछिल्ला ५ महिनामा सर्पदंशबाट ५३२ जना, हात्तीको आक्रमणबाट १४ जना, बाघको आक्रमणबाट २४ जना, गैँडाको आक्रमणबाट १४ र भालुको आक्रमणबाट १३ घाइते भएका छन् । 

    प्रहरीले संर्पदंशबाट २३६ जना, हात्तीको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट, ११, गैँडाको आक्रमणबाट ४, भालुको आक्रमणबाट २ जनाको उद्धार गरेको छ । नेपाल प्रहरीले जंगली जनावरबाट भएका घटनामा १ हजार ८३५ प्रहरी परिचालन गरिएको पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ