मंगलबार, वैशाख २४ गते २०८२

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

अखबार दैनिक
सोमबार, पुस २२ २०८१
  • सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

    images

    ना.३ च ५९७६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा सोही गाडीमा सवार स्थानीय २० वर्षीय कैलाश राईको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ