सोमबार, असार ३१ गते २०८२

बिहानै भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

बिहानै भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

अखबार दैनिक
मंगलबार, पुस २३ २०८१
  • बिहानै भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

    एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । ‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका धेरै ठाउँमा महसुस भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार