मंगलबार, वैशाख २४ गते २०८२

सातदोबाटोको कलसेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

सातदोबाटोको कलसेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

अखबार दैनिक
मंगलबार, पुस २३ २०८१
  • सातदोबाटोको कलसेन्टरमा सीआईबीको छापा, २ भारतीयसहित ५३ जना पक्राउ

    ललितपुरको सातदोबाटोस्थित कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छपा मारेको छ। सोमबार राति छापा मारेर सीआईबीले त्यहाँ कार्यरत कर्मचारी र सञ्चालक गरी ५३ जनालाई फक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र अरु नेपाली रहेका सीआईबीका निर्देशक एआईजी दीपक थापाले जानकारी दिए। 

    images

    कल सेन्टरका नाममा त्यहाँ अवैध काम भएको हुनसक्ने प्रहरीको अनुमान छ। कल सेन्टरमा रहेका ८५ वटा ल्यापटप र ८२ वटा मोवाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कल सेन्टर भनेर भित्र अनलाइन जुवा लगायत अवैध गतिविधि गरेको प्रहरीको अनुमान छ। थप अनुसन्धानका लागि मंगलबार अदालतबाट अनुमति लिने सीआईबीको तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ