मंगलबार, वैशाख २४ गते २०८२

रामेछापको शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछापको शैलुङमा यस वर्षको पहिलो हिमपात

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • रामेछापको शैलुङमा यस वर्षको पहिलो हिमपात

    रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।

    images

    दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ ।

    हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् । हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ