रौतहटको वृन्दावन नगरपालिकास्थित एक क्रसर उद्योगमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टाँसिएर आगजनी भएको छ। विद्युतको तार टाँसिएर टिपरमा करेन्ट प्रवाह भइ आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।
टिपरका चालक ४३ वर्षीय जयप्रकाश सहनी विद्युतीय प्रवाहबाट गम्भीर घाइते भएका छन्। बिहीबार बिहान ८ बजेको समयमा वृन्दावन वडा नम्बर ४ स्थित गढिमाइ क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारको चपेटामा परेर टिपर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।