परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको जानकारी गराइन् ।
“भोलि कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ, हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि,” उनले भनिन् । उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उनले भनिन्, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”