सोमबार, वैशाख २३ गते २०८२

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

अखबार दैनिक
सोमबार, पुस २९ २०८१
  • ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

    चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताए ।

    images

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन्।

    केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ